काठमाडौं ।
नेपालमा सोमबारसम्म ३७५ जना कोरोना संक्रमितको आइसीयू र ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमबार मात्रै थप १४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने २९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १५ सय ८ जनाले ज्यान गुमाइसकेका छन्।
आइसीयूमा उपचार गराइरहेका मध्ये सबैभन्दा बढी १५९ जना बागमती प्रदेशका छन् । त्यसपछि गण्डकी प्रदेशमा ९४ जनाको आइसीयुमा उपचार भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशमा ७२ जना, प्रदेश १ मा ३२ जना, कर्णाली प्रदेशमा ९ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना र प्रदेश २ मा ४ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै भेन्टिलेटरमा उपचार गराइरहेका मध्ये बागमती प्रदेशका बढी छन् । ३५ जना बागमती प्रदेशका, गण्डकीका ११ जना, प्रदेश १ का ६ जना, लुम्बिनी प्रदेशका ३ जना, प्रदेश २ मा १ जना र सुदूरपश्चिम प्रदेशका २ जना कोरोनाका बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । कर्णाली प्रदेशमा भने भेन्टिलेटरमा कोरोनाका बिरामी छैनन्।अन्नपूर्णबाट































प्रतिक्रिया