राज्यको कूटनीति कमजोर हुँदा छिमेकमा एउटा कलेजको चौकीदारले विद्यार्थी कुटे -सांसद झा

राज्यको कूटनीति कमजोर हुँदा छिमेकमा एउटा कलेजको चौकीदारले विद्यार्थी कुटे -सांसद झा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राज्यको कूटनीति कमजोर हुँदा नेपाली नागरिकले दुःख पाएको टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिए पनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको बताएका हुन् ।

‘हाम्रो कूटनीति कति कमजोर भयो कि, छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए । तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको जति पनि छैन भनेर हेप्न पाए।’ उनले भने, ‘ हामी दुई तिहाइको दम्भ सिंहदरबार र सदनभन्दा बाहिर हाम्रा नागरिकहरूले फिल गर्न पाएकै रहेनछन्।’

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनी कलेजको होस्टलमा मृत भेटिएकी हुन् । घटनापछि आक्रोशित नेपाली विद्यार्थीहरूले विरोधका लागि सडकमा उत्रिएका थिए । उनीहरूले विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै लम्सालका लागि न्यायको माग गरेका थिए । तर, ती विद्यार्थीहरुमाथि कलेज प्रशासनले दमन गर्दै कलेजबाट निकालेको थियो ।

Logo