भारतमा बीवाईडी सिलायन ७ लन्च, एक पटक चार्जमा ५६७ किलोमिटर रेन्ज प्रदान गर्ने दावी

भारतमा बीवाईडी सिलायन ७ लन्च, एक पटक चार्जमा ५६७ किलोमिटर रेन्ज प्रदान गर्ने दावी

केन्द्रबिन्दु
18
Shares

काठमाडौ । भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी बीवाईडी सिलायन ७ लन्च भएको छ ।

लन्चिङ अघि सो कार भारत मोबिलिटी २०२५ अन्तर्गत आयोजित अटो एक्स्पो २०२५ मा प्रस्तुत गरिएको थियो । बीवाईडीले गाडीको बुकिङ पनि १८ जनवरी २०२५ बाट सुरु गरेको थियो ।

बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीमा कम्पनीले धेरै उत्कृष्ट फिचर प्रदान गरेको छ । यसमा १२ स्पिकर, वायरलेस फोन चार्जर, वाटर ड्रप टेलल्याम्प, लोड गर्नको लागि गाडी, १५.६ इन्च घुम्ने इन्फोटेनमेन्ट सिस्टम, नापा लेदर सिट, भेन्टिलेटेड र हिटेड सिट, १२८ रङको एम्बियन्ट लाइट, प्यानोरामिक सनरुफ, हेड-अप डिस्प्ले जस्ता धेरै फिचर समावेश छ । सेफ्टीका लागि यसमा ११ वटा एयरब्याग पनि प्रदान गरिएको छ।

कम्पनीले यसमा ८२.५६ किलोवाट आवर क्षमताको ब्याट्री प्रदान गरेको छ । सो कार प्रिमियम र पर्फर्मेन्स भेरिएन्टमा मात्र ल्याइएको हो । यसमा जडान गरिएको मोटरले यसलाई ३९० किलोवाटको पावर र ६९० न्यूटन मिटरको टर्क दिन्छ। गाडीमा जडान गरिएको मोटरले यसलाई केवल ४.५ सेकेन्डमा ०-१०० किलोमिटरको गतिमा पुर्‍याउन मद्दत गर्छ। यसले एक पटक चार्ज गर्दा ५६७ किलोमिटरको रेन्ज प्रदान गर्छ । कम्पनीले गाडीसँगै ७ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउनेछ।

बीवाईडी सिलायन ७ इलेक्ट्रिक एसयूभीले हुन्डाई आयोनिक ५, किया ईभी६, बीएमडब्ल्यू आईएक्स७ जस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

Logo