सीजी मोटर्सले नेपालमा सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउने, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

सीजी मोटर्सले नेपालमा सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउने, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउने भएको छ।

नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले २४८ भन्दा बढी जीबीटी र २४ भन्दा बढी सीसीएस–२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै विद्युतीय सवारीसाधनलाई अझ व्यावहारिक, सुविधाजनक र सहज बनाउँने बताएको छ ।

चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ। व्यापक र भरपर्दो नेटवर्क उपलब्ध गराएर, सीजी मोटर्सले रेन्ज एंन्जाइटी हटाउँदै ईभी प्रयोगकर्ताहरूलाई तनावमुक्त रहने सेवा प्रदान गरिरहेको बताएको छ। प्रमुख शहरहरूमा होस् वा मुख्य राजमार्गहरूमा, सीजी मोटर्सका चार्जिङ स्टेसनहरूले ईभी चालकहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाएका छन्।

ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सुरु गर्ने योजना बनाएको बताएको छ। सो एपबाट २४/७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बरः +९७७ ९७०७०९४२०७), सर्भिस, पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सीजीसँग सम्बन्धित जानकारी लिन सकिन्छ। नेपालभर २१ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर र काठमाडौँको बागडोलमा अवस्थित प्रमुख सर्भिस सेन्टर मार्फत सीजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध भएको बताएको छ।

नेपालको २४८ भन्दा बढी स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सीजी मोटर्सको सम्पूर्ण जानकारी सीजी केयर्स एपबाट लिन सकिने कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo