अल्फाबिटामा ‘युके युरोप एड्मिसन डे, २०२५’ सम्पन्न, विद्यार्थीको उल्लेख्य सहभागीता

अल्फाबिटामा ‘युके युरोप एड्मिसन डे, २०२५’ सम्पन्न, विद्यार्थीको उल्लेख्य सहभागीता

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले ‘युके युरोप एड्मिसन डे, २०२५’ आयोजना गरेको छ।

विद्यार्थीहरूलाई युके तथा युरोपको उच्च शिक्षा र भिसा प्रक्रियाको बारेमा जानकारी दिन र उनीहरूको सपना साकार पार्न मद्दत गर्ने उद्देश्यका साथ ‘युके युरोप एड्मिसन डे, आयोजना गरेकाे हो।

अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरस्थित केन्द्रीय भवनमै आयोजना भएको यस शैक्षिक कार्यक्रम विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियाे । यस शैक्षिक कार्यक्रममा २०० सय भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो । युकेका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहको यस कार्यक्रममा निःशुल्क भिसा, इन्टर भ्यू तयारी सत्र र यसको नयाँ अपडेटलगायतबारे जानकारी दिइएको थियो।

यो कार्यक्रममा विद्यार्थीहरूले युके युरोपको उच्च शिक्षा, भिसा प्रक्रिया, स्कलरसिप र एड्मिसन प्रकृयाबारेमा प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै उज्वल भविष्यको योजना बनाउने एक उत्तम अवसरका रुपमा लिएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुले युकेका विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गरेर आफ्नो प्रश्नहरूको जवाफ पाएका थिए।

अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीको युके तथा अस्ट्रेलियाकी डेष्टिनेसन म्यानेजर सन्तोषी शाहीले कार्यक्रममा सहभागी विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्न पाउनुका साथै सम्बन्धित विश्वविद्यालयको बारेमा विस्तृत जानकारी पनि दिइएको बताइन् ।

अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संस्था हो। यस कन्सल्टेन्सीले विभिन्न शिर्षकमा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ।

Skip This
Skip This
Logo