प्रहरीले दुःख दिए फोन गर्नुस् : प्रहरी बरिष्ठ उपरीक्षक लामा

प्रहरीले दुःख दिए फोन गर्नुस् : प्रहरी बरिष्ठ उपरीक्षक लामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गरेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा विहिबार कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन् भनेर ठोकुवा गर्न नसकिने बताए । पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौँले ३८ प्रहरीलाई निलम्वन गरेको उनले जानकारी दिए ।

“जनतालाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुःख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी सङ्गठनमा आबद्ध केही प्रहरीले पीडितलाई न्यायको लागि सहयोग नगर्ने, उल्टै अपराधिसँग मुख जोडेर काम गर्ने गरेकाले प्रहरी सङ्गठनप्रति जनताको विश्वास गुम्न थालेको हो,” लामाले भने ।
रासस

Skip This
Skip This
Logo