काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आवाजविहीनको आवाज, विविधतायुक्त समाज र तिनका संस्कृति, भाषाको जर्गेना एवं संरक्षण गर्दै दस्तावेजीकरणमा राष्ट्रिय समाचार समिति (रासस) बढी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
राससको ६४औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उनले राससले समाज र देशको समस्या, चुनौती समाधानका उपायबारे सही सूचना प्रवाह गर्दै अभिव्यक्ति स्वतन्वतालाई कायम राख्न थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, “विभिन्न दृष्टिकोण र विचारको आदानप्रदानलाई प्रवर्द्धन गर्ने मियो संस्था रासस बन्नुपर्दछ, यसले सूचना प्रवाहलाई अझ सुगम बनाउँदै देश तथा अन्तरराष्ट्रियस्तरमा भएका घटनालाई परिस्कृत र तथ्यपरक जानकारी पाठकसम्म कसरी पु¥याउन सकिन्छ भन्ने ध्येयका साथ अघि बढ्नुपर्दछ ।”
राजनीति र आर्थिक जीवनको विभिन्न पक्षको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिताको दायित्व भएकाले त्यसमा राससको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको भनाइ छ ।





























प्रतिक्रिया