इन्लाइटनमा युकेको अप्रिल इन्टेकका लागि विशेष इन-हाउस सूचना सत्र सफलतापूर्वक सम्पन्न

इन्लाइटनमा युकेको अप्रिल इन्टेकका लागि विशेष इन-हाउस सूचना सत्र सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले आयोजना गरेको इन–हाउस सूचना सत्र सफलतापूर्वक सम्पन्न भएको छ । युकेमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै आयोजना भएको सो कार्यक्रम इन्लाइटनको बागबजार स्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । 

युनिभर्सिटी अफ सन्डरल्यान्ड, युकेको अप्रिल इन्टेकका लागि विशेष इन–हाउस सूचना सत्रमा विद्यार्थीहरूले युनिभर्सिटीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने मौका पाएका थिए । कार्यक्रम निकै उपयोगी भएको बताउँदै विद्यार्थीको पनि उल्लेखिय सहभागिता रहेको इन्लाइटनकी  कार्यकारी निर्देशक सिता भट्टराई जानकारी दिइन् । 

यस सूचना सत्रबाट सहभागी विद्यार्थीहरूले ५ हजार पाउण्डसम्म छात्रवृत्ति अवसर पाउनुका साथै प्री–क्यास अन्तर्वार्ता बिना नै आवेदन प्रक्रिया, योग्य विद्यार्थीहरूका लागि अंग्रेजी भाषा छुट पनि पाएका छन् । गार्जियन युनिभर्सिटी गाइड २०२५ का अनुसार युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको शीर्ष ४० विश्वविद्यालयमध्ये एक हो । 

साथै क्यूएस वल्र्ड युनिभर्सिटी र्याङ्किङ २०२५ अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी विविधतामा विश्वकै दोस्रो स्थानमा पर्दछ । युनिभर्सिटी अफ सन्डरल्यान्डका रिजनल मार्केटिङ म्यानेजर तरुन कुमार शर्माले यो युनिभर्सिटी विद्यार्थीको लागि निकै उपयुक्त रहेको बताउँदै सेवा सुविधाको हिसाबले पनि उत्कृष्ट रहेको बताए । 
 
कार्यक्रम इन्लाइटनकै कार्यालयमा बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन भएको थियो ।

इन्लाइटनले विद्यार्थीहरूलाई युकेको गुणस्तरीय शिक्षा प्रणाली, छात्रवृत्तिको सम्भावना, र अध्ययन प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउने लक्ष्य राखेको छ ।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

Logo