हुन्डाईले कार निर्यातमा २५ वर्ष पुरा गर्यो, ३७ लाख कार निर्यात भएको दाबी

हुन्डाईले कार निर्यातमा २५ वर्ष पुरा गर्यो, ३७ लाख कार निर्यात भएको दाबी

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । कार निर्यातमा अब्बल कम्पनि हुन्डाइले २५ बर्ष पार गरेको छ ।

मेड इन इन्डिया निर्मित हुन्डाई कार निर्यात भएको २५ वर्ष पूरा भएको हो । हुन्डाई मोटर इन्डिया लिमिटेडले हालसम्म विदेशमा ३७ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ । यसले कम्पनीलाई यस क्षेत्रको सबैभन्दा ठुलो निर्यातकर्ता बनाएको छ।

यो उपलब्धि हुन्डाई मोटर इन्डियाको लागि कोसेढुङ्गा जस्तै हो। यसले भारतको अटोमोबाइल उत्पादन क्षमतालाई पनि प्रतिबिम्बित गरेको छ । हुन्डाईले भारतमा बनेका सवारी साधनले विश्व बजारमा कडा प्रतिस्पर्धा दिन सक्छ भन्ने देखाएको छ।

सुरुमा हुन्डाईले १५० भन्दा बढी देशमा गाडी पठाउँथ्यो । तर अब त्यो संख्या घटेर ६० देशमा पुगेको छ । सन् २०२४ मा साउदी अरेबिया, दक्षिण अफ्रिका, मेक्सिको, चिली र पेरु यसका सबैभन्दा ठुला बजारको रूपमा देखा परेको छ । सन् २०२४ मा हुन्डाईले कुल १ लाख ५८ हजार ६८६ सवारी साधन निर्यात गरेको थियो।

हुन्डाईको आई१० सबैभन्दा धेरै बिक्री हुने कार हो र यसको १५ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । हुन्डाई भर्नाको ५ लाखभन्दा बढी युनिट पनि बिक्री भइसकेको छ। हुन्डाईले अफ्रिकामा १० लाखभन्दा बढी गाडी बेचेको छ ।

Logo