वील र टमको शतकमा न्युजिल्याण्डले पाकिस्तानलाई ३२१ रनको लक्ष्य

वील र टमको शतकमा न्युजिल्याण्डले पाकिस्तानलाई ३२१ रनको लक्ष्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ओपनर वील योङ र टम लाथमको सानदार शतकमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत उद्घाटन खेलमा पाकिस्तानलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कराँचीस्थित नेशनल बैंक स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३२० रन जोडेको हो । न्युजिल्याण्डका लागि टम लाथमले सर्वाधिक ११८ रनको शतकीय योगदान गरे । उनले १०४ बलमा १० चौका र ३ छक्का प्रहार गरे । उनी अविजित रहे ।

यसैगरी वील योङले पनि शतक प्रहार गरे । ११३ बल खेलेका उनले १२ चौका र एक छक्काको मदतमा उनले १०७ रन जोडे । यो नवौं संस्करणको प्रतियोगितामा पहिलो शतक हो ।

यसैगरी ग्लेन फिलिप्सले ३९ बलमै ३ चौका र ४ छक्काको मदतमा ५६ रन प्रहार गरे । यसअघि पहिलो विकेटका रुपमा डेभोन कन्वे १० रनमा आउट हुँदा केन विलियम्सन एक रनमै पवेलियन फर्किएका थिए । त्यसैगरी ड्रयाल मिचेल पनि १० रनमै समेटिए ।

बलिङतर्फ पाकिस्तानका हरिश रुफ र नसिम साहले समान २/२ विकेट लिए । आश गरिएका तीव्र गतिका बलर साहिन साह अफ्रिदी भने आज विकेट विहीन रहे । पूरै १० ओभर खेलेर ६८ रन खर्चिए तर, विकेट लिन सकेनन् ।

Skip This
Skip This
Logo