भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनीमा विभिन्न देशका तीन सयभन्दा बढी कम्पनीका १५० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूबारे जानकारी गराउने प्रदर्शनी र स्टलहरू रहने मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध–निर्देशक सिर्जल भट्टराईले बताए। उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्सन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसी प्रोफाइल, डोर्स एन्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स एन्ड स्यानिटरी वायर, रफिङ, प्रिइन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोजलगायतका सामग्रीहरू रहनेछन् ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर एक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र नवीनतम प्रविधि प्रमुख आकर्षण हुने आयाेजकले विश्वास लिएको छ ।

प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, विल्डर, इन्टिरियर डिजाइनरहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ । साथै निजी घर बनाउन चाहने, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन बनाउने व्यक्ति तथा संस्था साथै आमनागरिकको बढीभन्दा बढी सहभागिता रहनेछ ।

चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ,जसमा ४५ हजारले अवलोकन गर्ने विश्वास लिइएको छ ।

Logo