काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले कालीकोटमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार शुभपालिका गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १४ सय ३ जनाले स्वास्थ्य परीक्षण गरेका थिए । तीमध्ये २१० जनाको भिडियो रेक्सरे गरिएको थियो । साथै जनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी तथा नसा रोगका विशेषज्ञहरुले उपचार गरेका थिए ।
सांसद डा. शर्मा संघीय संसदको तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्।




















