संविधानसभा सदस्य सापकोटाको निधन

संविधानसभा सदस्य सापकोटाको निधन

केन्द्रबिन्दु
108
Shares

काभ्रेपलाञ्चोक । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी )एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनलाई उपचारार्थ उक्त अस्पतालमा भर्ना गरिउको थियो ।

दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।

Skip This
Skip This
Logo