इन्लाइटनद्वारा अमेरिका अध्ययनका लागि विशेष जानकारी सत्र आयोजना

इन्लाइटनद्वारा अमेरिका अध्ययनका लागि विशेष जानकारी सत्र आयोजना

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । बागबजारमा अवस्थित शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विस्तृत जानकारी प्रदान गर्न विशेष जानकारी सत्रको आयोजना गरेको छ ।

अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै इन्लाइटनले उक्त जानकारी सत्रको आयोजना गरेको हो । २१ फेब्रुअरी अर्थात् शुक्रबार इन्लाइटनकै भवनमा हुने यस शैक्षिक कार्यक्रम बिहान ९ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा पार्क युनिभर्सिटीका एसोसिएट उपाध्यक्ष केभिन भिकर विशेष अतिथिको रूपमा सहभागी हुनेछन् । सो अवसरमा विद्यार्थीहरूले अमेरिका अध्ययनका अवसर, छ हजार अमेरिकी डलरसम्मको छात्रवृत्ति, र भर्ना प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । ‘विजनेस एनालिटिक्स, विजनेस एड्मिनिष्ट्रेसन, इन्फर्मेसन टेक्नोलोजी, साइबर सेक्युरिटी, नर्सिङ, बायोलोजी, साइकोलोजी, क्रिमिनल जस्टिस, एजुकेशन, कम्युनिकेशन एण्ड लिडरसिप, सोसल वर्क’ पार्क युनिभर्सिटीका लोकप्रिय कार्यक्रम हुन् ।

अमेरिका अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो सत्र अत्यन्तै लाभदायक हुने इन्लाइटनको भनाइ छ ।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

Logo