नेपाल स्काउटका निर्देशकमाथि कारबाहीको माग गर्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

नेपाल स्काउटका निर्देशकमाथि कारबाहीको माग गर्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै स्काउटका प्रमुख एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाइएको छ ।

मंगलबार नेपाल स्काउट शुद्धीकरण अभियानले विवादित निर्देशक भट्टराईमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै मन्त्री चौधरीसमक्ष चार सुत्रीय माग पेश गरेको हो ।

‘हालै प्रमुख स्काउटको हस्ताक्षरद्वारा जारी कर्मचारी प्रशासन नियमावली २०८१ का प्रसुति बिदा जस्ता कतिपय प्रावधानहरु कर्मचारीको मनोवल गिराउने खालको भएको हुँदा सो नियमावली उपर राष्ट्रिय परिषदमा व्यापक छलफल गरी सो परिषद्बाट पारित गराई शंसोधित नियमावली लागु गर्नुपर्छ,राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईको अनियमिततासँग सम्बन्धित नेपाल स्काउटमा प्राप्त १० बुँदे उजुरी उपर छानविन गरिनुपर्छ ।’ नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदुत अधिकारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।

निर्देशक भट्टराई उपर छानविन पुरा नहुन्जेल निजलाई निलम्बनमा राखिनुपर्ने एवं छानविनको प्रकृया पूरा भए पश्चात प्रतिवेदनका आधारमा कार्वाही हुनुपर्ने समेत माग गरिएको छ ।

नेपाल स्काउट शुद्धीकरण अभियानले उल्लेखित मागहरु पूरा गर्न सात दिनको अल्टिमेटम समेत दिएको छ । सो अवधिभित्र मागहरु पुरा नभएमा विरोध तथा आन्दोलनका कार्यक्रमहरु थालनी गरिनेसमेत अभियानले चेतावनी दिएको छ ।

निर्देशक भट्टराईमाथि खेलकुदमन्त्री चौधरीको संरक्षणमा स्काउटमा आफू अनुकूल निर्णय गरेको लगायतका आरोप छन् ।

Logo