काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा विभिन्न देशबाट ९ खर्ब रुपैयाँको सामान आयात भएको छ ।
भन्सार विभागले साउनदेखि माघ महिनासम्मको तथ्यांक सार्वजनिक गर्दै ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको सामान आयात भएको जानकारी दिएको हो । जुन आयात गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी रहेको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को सोही महिनासम्ममा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ रुपैयाँको सामान आयात भएको थियो ।
यस्तै, विभागको तथ्यांकले निर्यातमा पनि देशले छलाङ मार्दै गएको देखिएको छ । गत आर्थिक वर्ष यही महिनामा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको माघसम्म १ खर्ब २७ अब २० करोड ४८ लाख २९ हजार रुपैयाँको निर्यात भएको विभागले जानकारी दिएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ४६.५० प्रतिशतले निर्यात बढेको विभाग तथ्यांकले उल्लेख गरेकाे छ ।
यसैगरी देशबाट सामान निर्यात मात्र नभई वैदेशिक व्यापार घाटा पनि बढ्दो क्रममा देखिएको छ ।
माघसम्ममा नेपालको कुल वैदेशिक व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपैयाँ पुगेको छ । विभागका अनुसार यो गत आर्थिक वर्ष भन्दा ६.२० प्रतिशतले बढी हो । उक्त आर्थिक वर्षको सोही महिनासम्म देशको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ लाख २९ लाख ८८ हजार रुपैयाँ थियो ।





























प्रतिक्रिया