काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरूङले आयोगहरुलाई लिएर राज्यको मानसिकता नकारात्मक रहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय समावेशी आयोग दिवसमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले राज्यले आयोगहरुलाई बोझको रुपमा लिएको बताएका हुन् । उनले भने,‘हाम्रो राज्यको मानसिकता कस्तो छ, भने बाध्यता भएर बनाएका आयोगहरु यो त बोझ भो भन्ने छ । म भन्छु यो त रोग लागेपछि सम्पति सकिन्छ भनेर उपचार नगर्ने कुरा हुन्छ र रोग लागेपछि त उपचार गर्नुपर्यो नि ।’
उनले मुलुक विखण्डन हुनबाट जोगाएर सामाजिक सद्भाव कायम गर्न र सबै जातजाती भाषाभाषी, धर्मालम्बीहरुको लागि अधिकार पाएको छ भन्ने अनुभूति दिन संघीयतामा गएका पनि बताए । उनले मुलुकमा विखण्डन आउँदा अरुलाई दोष किन लगाउने भनी प्रश्न पनि गरे ।































प्रतिक्रिया