काठमाडौं । घरेलु टोली नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत आज लेबनानविरूद्ध खेलिरहेको छ । यस खेलमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ।
किर्गिस्तानविरूद्धको खेलमा घाइते भएकी डिफेन्डर निशा थोकरको स्थानमा समिक्षा घिमिरेले पहिलो रोजाइमा खेल्ने भएकी छिन्।
यस्तै अघिल्लो खेलमा दोस्रो हाफमा मैदान छिरेकी सावित्रा भण्डारी साम्बाले आज पहिलो रोजाइमा खेल्दैछिन् । अघिल्लो खेलमा पहिलो रोजाइमा रहेकी रश्मिकुमारी घिसिङ बेन्चमा छिन्।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो । आजको खेलमा जित निकाले फाइनलमा स्थान बनाउनेछ।
नेपालको सुरुआती–११
अन्जिला तुम्बापो सुब्बा(कप्तान), विमला विक, पूजा राना, समीक्षा घिमिरे, गीता राना, रेणुका नगरकोटी, प्रीति राई, विमला चौधरी, सविता राना मगर, रेखा पौडेल र सावित्रा भण्डारी ।





























प्रतिक्रिया