तौहीद हृदोयको महत्वपूर्ण शतकमा बंगलादेशले भारतलाई दियो २२९ रनको लक्ष्य

तौहीद हृदोयको महत्वपूर्ण शतकमा बंगलादेशले भारतलाई दियो २२९ रनको लक्ष्य

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । तौहीद हृदोयको महत्वपूर्ण शतकमा बंगलादेशले च्याम्पियन्स ट्रफी २०२५ मा भारतलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईमा आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले ४९.४ ओभरमा अलआउट हुँदै २२८ रन जोडेको हो । निकै खराव सुरुवात गरेको बंगलादेशका लागि हृदोय र जाकर अलीको शतकीय साझेदारी निकै महत्वपूर्ण रह्यो । ३५ रन बनाउँदा ५ विकेट गुमाएको बंगलादेशका लागि उनीहरुले छैटौं विकेटका लागि १८९ रन बनाउँदा साझेदारी गरे ।

हृदोयले ११८ बलको सामना गर्दै १०० रन जोडे । सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे । यसैगरी अलीले ११४ बल खेल्दै ६८ रनको अर्धशतकीय इनिङ खेले ।

बलिङतर्फ भारतका लागि मोहम्मद शामीले ५ विकेट लिए ।

आईसीसीको ‘मिनी विश्‍वकप’ पनि भनिने यस प्रतियोगितामा सन् २०२३ को ओडिआई विश्व कपको शीर्ष ८ राष्ट्र सहिभागी छन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड रहेका छन् भने अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी मा छन् ।

Logo