च्याम्पियन्स ट्रफीमा भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

च्याम्पियन्स ट्रफीमा भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

केन्द्रबिन्दु
18
Shares

काठमाण्डौ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा दुई पटकको विजेता भारतले विजयी सुरुवात गरेको छ ।
हिजो यूएईमा भएको खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै भारतले विजयी शुरूवात गरेको हो ।

२ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २ सय ३१ रन बनायो । भारतका शुभमन गिलको नटआउट शतकसँगै केएल राहुलले नटआउट ४१ रन बनाए ।

बङ्गलादेशका रशिद हुसेनले २,तस्कीन अहमद, मुस्तफिजुर रहमानले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेश ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।

बङ्गलादेशका तौहीद हृदोयले शतक बनाए । यस्तै जसले अलीले ६८ रन बनाए । भारतका मोहम्मद शमीले ५ , हर्षित राणाले ३ र अक्षर पटेलले २ विकेट लिए ।

Skip This
Skip This
Logo