इन्लाइटनद्वारा अमेरिकामा उच्च शिक्षा अध्ययनबारे विशेष जानकारी सत्र सम्पन्न

इन्लाइटनद्वारा अमेरिकामा उच्च शिक्षा अध्ययनबारे विशेष जानकारी सत्र सम्पन्न

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विस्तृत जानकारी प्रदान गर्न आयोजना गरेको विशेष जानकारी सत्र सफलतापूर्वक सम्पन्न भएको छ।

बागबजारस्थित इन्लाइटनकै भवनमा शुक्रबार बिहान सम्पन्न सो जानकारी सत्रमा अमेरिकी पार्क युनिभर्सिटीका एसोसिएट उपाध्यक्ष केभिन भिकर विशेष अतिथिको रूपमा उपस्थित थिए । उनले पार्क युनिभर्सिटीका विभिन्न अध्ययन कार्यक्रम, छात्रवृत्ति अवसर, र भर्ना प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।

सो अवसरमा विद्यार्थीहरूले बिजनेस एनालिटिक्स, बिजनेस एड्मिनिस्ट्रेशन, इन्फर्मेसन टेक्नोलोजी, साइबर सेक्युरिटी, नर्सिङ, बायोलोजी, साइकोलोजी, क्रिमिनल जस्टिस, एजुकेशन, कम्युनिकेशन एण्ड लिडरसिप, र सोसल वर्क जस्ता पार्क युनिभर्सिटीका लोकप्रिय कार्यक्रमबारे प्रत्यक्ष जानकारी पनि पाए ।

साथै, योग्य विद्यार्थीहरूले ६ हजार अमेरिकी डलरसम्मको छात्रवृत्ति प्राप्त गर्ने अवसरबारे बुझ्ने मौका पाएका छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पार्क युनिभर्सिटीका एसोसिएट उपाध्यक्ष भिकरबाट प्राप्त जानकारीलाई निकै सकारात्मक रूपमा लिएको इन्लाइटनले जनाएको छ।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

Logo