काठमाडौँ
काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५ ) का पदाधिकारीहरू नेपाल आइसक्नुभएको छ । उहाँहरूसँग बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।” सम्झौता भएको ६ महिनाभित्र डीपीआर तयार हुने जानकारी उहाँले दिनुभयो । सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।
काठमाडौँ र ललितपुरमा मोनोरेल सञ्चालनका लागि यसअघि नै सम्भाव्यता अध्ययन भइसकेको तथा अध्ययनले मोनोरेल सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी अध्ययनले चक्रपथमा मोनोरेल निर्माणको कुल लागत एक खर्ब १६ अर्ब रुपैयाँ लाग्ने तथा चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा स्टेशन रहने गरी निर्माण सम्पन्न गर्न सकिने देखाएको थियो ।
गोरखापत्रबाट































प्रतिक्रिया