अब रेडियो कार्यक्रमहरु नेपाली पात्रोमा, आफ्नै समयमा सुन्न पाइने

अब रेडियो कार्यक्रमहरु नेपाली पात्रोमा, आफ्नै समयमा सुन्न पाइने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अब नेपाली रेडियो कार्यक्रमहरू श्रोताहरूले आफ्नो समय अनुसार सुन्न पाउने भएका छन् ।

देश-विदेशमा रहेका नेपालीहरूका लागि लोकप्रिय नेपाली रेडियो कार्यक्रमहरू श्रोताहरूको समयानुकूल नहुँदा, रेडियोबाट प्रसारित हुने महत्वपूर्ण सूचनाहरू छुट्ने गर्थ्यो। तर अब नेपालको पहिलो डिजिटल पात्रो ‘नेपाली पात्रो’ ले यो सुविधा थपेको हो ।

नेपाली पात्रो एपमा पछिल्लो ४८ घण्टाभित्रका रेडियो कार्यक्रम उपलब्ध हुनेछन् । कम्पनीका अनुसार श्रोताहरूले आफ्नो मनपर्ने रेडियो स्टेसनको कार्यक्रमहरू सजिलै सुन्न सक्नेछन् । यसको लागि नेपाली पात्रो एप डाउनलोड गरी ‘रेडियो’ फिचरमा गएर आफूले चाहेको रेडियो स्टेसन छनोट गर्नुपर्नेछ ।

रेडियो कार्यक्रमहरूलाई समय अनुसार उपलब्ध गराएर सूचनाको पहुँचलाई थप सहज बनाइएको नेपाली पात्रोले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो सुविधाले विदेशमा रहेका नेपालीहरूलाई पनि निकै फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

यस एपमा ४०० भन्दा बढी रेडियो स्टेसनहरू आबद्ध छन् । त्यस्तै एपमा पात्रो, पञ्चाङ्ग, राशिफल, सार्वजनिक बिदाहरू, समाचार लगायतका फिचर समेत छन् ।

Skip This
Skip This
Logo