राज्यले कर्णालीलाई बेवास्ता गरेको छ -डा. शेखर कोइराला

राज्यले कर्णालीलाई बेवास्ता गरेको छ -डा. शेखर कोइराला

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई बेवास्ता गरेको बताएका छन् ।

बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै नेता कोइरालाले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताएका हुन् ।

उनले भने, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन । राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहाँ हाइड्रो पावरको त्यस्तै राम्रो छ । होमस्टे, जडिबुटिको लागि उत्तिकै राम्रो छ । तर जडिबुटी त्यहाँबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुँदैन । त्यहा प्रशोधन गर्न राज्य लाग्नुपर्याे । यार्सागुम्बा प्रशोधन गर्न सक्छौं ।’

नेता कोइरालाले नेपाली काङ्ग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए ।

‘नेपाली काङ्ग्रेस तपाईंहरु प्रजातन्त्र सेनानीहरुले बचाउनु भएको हो । तपाईंहरु नै हो अब नेपाली काङ्ग्रेसको खम्बा । काङ्ग्रेस अत्यन्तै अप्ठ्यारो परिस्थीतिमा छ । काङ्ग्रेसलाई तपाईहरुले फेरि एकपटक बचाउनुपर्ने छ ।’ उनले भने ।

उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरुलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि बताए ।

Logo