काठमाडौं । फिल्म ‘अनागत’ को टिजर सार्वजनिक गरिएको छ । टिजरको साथै यस फिल्मको प्रदर्शन मिति पनि तय भएको छ । साम्तेन भुटिया निर्देशित फिल्ममा प्रियंका कार्की, प्रविण खतिवडा, रोशिन सुवेदी, अरुण रेग्मी, सम्रान्त थापा, अनु शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
सस्पेन्स थ्रिलर जनारामा बनेको यस फिल्मलाई समिर उपाध्यायले निर्माण गरेका हुन् । सिसन बानियाले खिचेको फिल्ममा चन्द्र के झा को कथा रहेको छ । अनागत माघ ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।





























प्रतिक्रिया