काठमाडौं । अभिनेता दिलीप रायमाझीलाई पितृ शोक परेको छ ।
दिलीपका पिता आनन्दकुमार रायमाझीको ७८ वर्षको उमेरमा गए राति कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।
‘मेरो डान्स युनिभर्स’ को अडिसनका क्रममा अमेरिका, जापान, थाइल्यान्ड हुँदै भारत आइपुगेका दिलीपले अन्तिम समयमा बुवालाई भेट्न पाएका थिए । रायमाझीको आजै शनिवार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।































प्रतिक्रिया