काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केवलकार नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद भट्टराईले पाथीभरा क्षेत्रमा उत्पन्न विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै केवलकार बनाउन सरकारले नै जिम्मा दिएको बिर्सन नहुने बताएका हुन् ।
‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई केही दिनदेखि दुःखद घटना घटिरहेको छ । नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’ उनले भने ।
लोकतन्त्रमा विरोध गर्न पाइन्छ, तर सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउन आवश्यक रहेको उनको भनाई छ ।
पाथीभरा केवलकार निर्माण विवाद चर्किदै जाँदा प्रहरी र नो केबलकार समूबीच पटक पटक झडप भएको छ । शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आएकाे छ । यसै घटनालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।





























प्रतिक्रिया