पाथीभरा केवलकार निर्माणमा राजनीति छिरेको योगेश भट्टराईको दाबी

पाथीभरा केवलकार निर्माणमा राजनीति छिरेको योगेश भट्टराईको दाबी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै उनले धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गर्दा र राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँदा त्यसले विवादको ठूला रुप लिएको बताएका हुन् ।

‘ताप्लेजुङमा भइरहेको आन्दोलन र जुलुसमा नागरिकहरु आतंकित बनेका छन् । मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने काम भयो । सुरक्षाकर्मीमाथि सांघातिक हमला गर्ने काम भयो । उनीहरु घाइते छन् । उनीहरुको संयमताले अन्य गतिविधि र थप नोक्सानी हुनबाट जोगिएको छ । ताप्लेजुङ जिल्ला पटक–पटक आगोलागीको चपेटामा परेको छ । त्यहाँ सुरक्षाकर्मीको संयमताले त्यस्तो स्थिति आउन पाएन । विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतीको विरोधी कोही पनि छैन ।’ उनले भने, ‘तर, धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं, राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँछौं, तब विवादको ठूला रुप लिन्छ । नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यस्तो मुलुकमा यस्तो खालको विवाद उत्पन्न हुनु अत्यन्तै दुखद कुरा हो ।’

Logo