काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरुले पार्टी विधिसम्मत नचलेको तथा सरकार जनअपेक्षा अनुसार चल्न नसकेको निष्कर्षमा पुगेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको बैठकमा बामदेव गौतमसहित १० नेताले पार्टी र सरकारको चर्को आलोचना गरेका हुन् । उनीहरुले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्दैं यस्तो बताएका हुन् ।
पार्टी एकता प्रक्रियाले गति दिन नसकेको, प्रदेश कमिटी गठन मापदण्ड अनुसार नभएको भन्दै उनीहरुले नेतृत्वको आलोचना गरेका हुन् ।अध्यक्षद्वयको प्रस्तावमा उपलब्धी नै उपलब्धी देखाए पनि ९ महिनामा जनअपेक्षाअनुसार काम नभएको उनीहरुको ठहर छ ।































प्रतिक्रिया