काठमाडौं किङस इलाभेन क्वालिफायरमा प्रवेश

काठमाडौं किङस इलाभेन क्वालिफायरमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं किङस इलाभेन एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा क्वालिफायरमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा साविकको विजेता विराटनगर वारिवर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं क्वालिफायरमा पुगेको हो ।

साविकको विजेता विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । त्रिवि क्रिकेट क्रिकेटमा मैदानमा विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

काठमाडौंका लागि केभिन ओ ब्राएनले अविजित ४५ रन जोडे । यस्तै काठमाडौंका लागि प्रदीप साहुले अविजित २१ रन जोडे । विराटनगरका लागि पारस खड्का र भान डेर मेर्वीले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै सय रन बनाएको थियो । सुमित महर्जनले सर्वाधिक २५ रन बनाएको ईनिङ्समा हरि बहादुर चौहानले २२ र पारस खड्काले २१ रन जोडेका थिए ।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए । बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुको नाममा २/२ विकेट रह्यो ।

जितसंगै काठमाडौंले ५ खेलबाट ८ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको छ । काठमाडौंले अब फाइनल प्रवेशका लागि क्वालिफायरमा ललितपुर प्याट्रियट्ससंग खेल्नेछ । काठमाडौंसंग विराटनगर पराजित भएपछि चितवन टाइगर्स प्ले अफमा पुगेको छ ।

Skip This
Skip This
Logo