मोडल रश्मी तामाङको पछुतो- ‘मेरो जिन्दगी गयो अब’

मोडल रश्मी तामाङको पछुतो- ‘मेरो जिन्दगी गयो अब’

केन्द्रबिन्दु
0
Shares

एकाएक विवादमा तानिएकी मोडल रश्मी तामाङ्ले पछुतो लागेको बताएकी छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै मोडल तामाङ्ले भनेकी छन्, ‘पैसा र पावरवालासँग दुश्मनी बढेर कुन दिन ज्यान जान्छ वा पुलिस चौकी जान्छ, पैसा र पावर भएपछि हुने हाम्रो देश, के गर्नु न पावर छ न पैसा छ मसंग।’ उनले थपेकी छन्, ‘ मेरो जिन्दगी गयो अब गयो।’ पैसा र पावरले ‘हो’ लाई होइन र ‘होइन’ लाई ‘हो’ बनाउन सकिने भन्दै उनले निराश व्यक्त गरेकी  हुन्।

लगातार स्टाटस पोष्ट गर्दै मोडल तामाङ्ले स्पष्टिकरण समेत दिएकी छन् ।  उनले आफ्नो गल्ती भएको भन्दै आफुलाई धम्की आइरहेको समेत उल्लेख गरेकी छन्।  ‘प्लिज सबैले अन्तर्वार्ता पुरा हेरेर मात्रै धम्की दिनु होला’ उनले लेखेकी छन्।

के थियो विवाद ?

तामाङ्ले कतारको दोहामा सम्पन्न ‘द भोइस अफ नेपाल’को फाइनलमा प्रस्तुति दिन बोलाएर आफुलाई अपमान गरेको अभिव्यक्ति दिएकी थिईन्। आयोजकले आफ्नो प्रस्तुती छुटाएको उनको आरोपपछि उनी विवादमा आएकी थिइन्।

आयोजकले भने कार्यतालिकामा कुनै पनि नृत्यको प्रस्तुती नरहेको बताएको छ।  विवाद बढ्दै गएपछि व्यक्तिगत स्पोन्सरहरुमा कौतुहलता बढ्दै गएको छ । खुशी गुरुङले विवादबारे लेख्दै आयोजकलाई दोष लगाउनु गलत भएको टिप्पणी गरेकी छन्। उनले रश्मीलाई मात्रै ४ पटक हंगकंग लगेर कार्यक्रम गरेको र आर्थिक सहयोग गरेको बताएकी छन् ।

केही समय अघि मकाउमा रहेका युवा टेक पौडेलसंग पनि रश्मीको यस्तै बिबाद चुलिएको थियो ।

Skip This
Skip This
Logo