औषधिमै बाहिरिन्छ वार्षिक २७ अर्ब

औषधिमै बाहिरिन्छ वार्षिक २७ अर्ब

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालले पछिल्लो चार महिनाको अवधिमा ५० देशबाट १० अर्ब रुपैयाँ बराबरको औषधि आयात गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १० अर्ब २८ करोड रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात गरिएकोे भन्सार विभागले जनाएको छ । आव २०७४/७५ मा मात्रै २७ अर्ब २७ करोड ७९ लाख रुपैयाँबराबरको औषधि आयात भएको छ ।

चालू आवमा सबैभन्दा धेरै भारतबाट ७ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबराबरको औषधि आयात भएको छ । आयात हुने देशको ५० प्रतिशत बढी औषधिजन्य वस्तु भारतबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

तर औषधि व्यवस्था विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षण गर्दा भारतबाट आयात भएका औषधिमा कैफियत देखिने गरेको छ । विभागले गरेको अनुगमनका क्रममा श्री वैद्यनाथ आयुर्वेद भवन प्राइभेट लिमिटेड इन्डियाबाट उत्पादित सात प्रकृतिका औषधि न्यून गुणस्तरका भेटिएको छ ।

विभागले भज्रक्सार, सरस्वात, अभिपात्तिकार, लभनभस्कार, सितोपालदी, पुस्यानुग र पञ्चसकार चूर्णको बिक्री वितरणमा रोक लगाएको जनाएको छ । साथै विभागले ती औषधि सिफारिस, बिक्री, वितरण तथा प्रयोगसमेत नगर्न र नगराउन अनुरोध गरेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo