हेटौंडा । श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९ नेवारपानीस्थित राप्ती खोलामा फालेर फरार भएका भारत मोतिहारीका रमजान मिया दर्जी पक्राउ परेका हुन् ।
प्रहरीले गत मंसिर १८ मा राप्तीखोलामा बालिकाको शव भेटेको थियो । भने मंसिर २२ गते महिलाको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्न महिलाको खल्तिमा भेटिएको केही टेलिफोन नम्बरहरुको सहायता लिएको थियो ।
पारिवारिक विवादका कारण दर्जीले भारतबाट आएका आफ्नो भाइसँग मिलेर २५ वर्षकी श्रीमती लालमुन खातुन र १ वर्षकी छोरी रोषन खातुनको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेपछि पोल खुल्ने डरले छोरीको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।
दर्जीको परिवार कामको सिलसिलामा हेटौंडा आएका थिए । केही दिनको फरकमा दुईवटा लास फेला परेपछि प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा अनुसन्धान टोली खटाइएको थियो ।
दर्जीलाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको हो भने दर्जीका भाइ अरमान मियाँ फरार छन् । उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया