काठमाडौं । मलेसियाले विदेशी कामदारको तलबको २० प्रतिशत काट्ने प्रस्ताव गरेको छ । कामदारहरूले कम्पनी छोड्ने क्रम बढेको भन्दै मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी कामदारको मासिक तलब २० प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको हो ।
कामदारले कम्पनी छोड्ने कुरा रोजगारदाताले भोगिरहेको ठूलो समस्या भएकाले त्यसलाई सम्बोधन गर्न राष्ट्रिय श्रम सल्लाहकार परिषद्मा यस्तो प्रस्ताव पठाइएको मन्त्री एम कुलासेगरनले जानकारी दिए ।
प्रस्ताव छलफलकै क्रम रहेकाले सबै पक्षका सल्लाह सुझाव समेटेर अघि बढ्ने बताए । कटौती भएको रकम सामाजिक सुरक्षा संस्थामा जम्मा हुनेछ र भिसा सकिएर कामदार स्वदेश फर्किने बेलामा एकमुष्ट दिइनेछ। यसअघि यो योजना जापान र दक्षिण कोरियामा लागू भईसकेको छ ।





























प्रतिक्रिया