कर्मचारी समायोजन अध्यादेश सच्याउन माग

कर्मचारी समायोजन अध्यादेश सच्याउन माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विभिन्न सातवटा प्राविधिक संस्था सम्मिलित प्राविधिक सञ्जाल नेपालले सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश सच्याउन माग गरेको छ ।

राजधानीमा आयोजित एक साक्षात्कारमा ती संस्थाका नेताले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश सङ्घीयता विरोधी, कानूनसँग बाझिएको भन्दै समग्र कर्मचारीको हितमा नरहेको टिप्पणी गरेका हुन् ।

केही उच्च प्रशासकको हितमा ल्याउने चेष्टा गरिएको बताउँदै राजपत्र अनङ्कित प्रथमबाट छैठौं तहमा समायोजन हुँदा मात्रै शैक्षिक योग्यता राखिएको प्रावधान हटाउनु पर्ने, तीनवटै तहमा समायोजन भएका कर्मचारी निश्चित मापदण्डका आधारमा तीनै तहमा सरुवा बढुवा हुन पाउनु पर्नेमा उनीहरुको जोड छ ।

वरिष्ठ कर्मचारी तल्लो तहका कर्मचारीको मातहतमा रहेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, श्रेणी विहीनदेखि विशिष्ट श्रेणीका कर्मचारीलाई एकमुष्ठ समायोजन गर्नुपर्ने, प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव ज्येष्ठताका आधारमा खटाइनुपर्ने, सेवाबाट अलग हुँदा पाउने सेवा सुविधा खटिएको श्रेणी वा तहको हुनुपर्ने उनीहरूको माग छ ।
नागरिकबाट

Skip This
Skip This
Logo