काठमाडौं । नेपाली बजारमा सबैभन्दा बढी बिक्री र प्रयोग हुने ईभी गाडीको पहिलो नाममा बीवाईडी आउन थालिसकेको छ । अटो प्रविधिमै विश्वव्यापी अब्बल मानिँदै आएको बीवाईडीले नेपालमा अहिले ‘बीवाईडी हाई–टेक विक–२०२५’ को आयोजना गरिरहेको छ ।
सो आयोजनामा बीवाईडीले आफ्ना नयाँ मोडलका गाडी शाेकेसमा राखेको हो । शाेकेसमा राखिएका उक्त मोडलका गाडीले नेपाली अटो बजारमा एउटा ‘टर्निङ प्वाईन्ट’ को रूपमा हुने देखिन्छ । अहिले उक्त कार्यक्रममा बाओ ५, यु ८, डेन्जा जेड ९ जीटी, डेन्जा डी ९ र बीवाईडी शार्क ६ पिकअप मोडलका गाडी राखिएका छन् ।
जसमध्ये बीवाईडी शार्क ६ र डेन्जा डी ९ राइट–ह्यान्ड–ड्राइभ आएका छन् भने बाँकी मोडल लेफ्ट–ह्यान्ड–ड्राइभमा रहेको नेपालका लागि बीवाईडीको बिक्रेता साइमेक्स इंकले जानकारी दिएको छ । कम्पनीका अनुसार राइट–ह्यान्ड–ड्राइभ गाडी भने केही समयपछि नेपालमा बिक्री वितरण सुरु गर्ने तयारी छ ।

बाँकी मोडल राइट–ह्यान्ड–ड्राइभ भएर छिटै नेपाली बजारमा आउने निश्चित छ । कम्पनीले एभरेष्ट होटलमा फागुन १८ गतेसम्म आयोजना बीवाईडी हाई–टेक विक आयोजना गर्ने छ । सो ठाउँमा गएर यी गाडीका साथै बीवाईडीको नवप्रवर्धन प्रविधिको बारेमा जानकारी लिन सकिने साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बताए ।

हाई–टेक विक सःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । ‘न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग भेट हुने एक महत्वपूर्ण अवसर रहेको रूपमा यो कार्यक्रमलाई हेरेका छौं, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि भएका उपभोक्तालाई सहज हुन्छ,’ उनले भने ।

सीईओ श्रेष्ठका अनुसार बीवाईडीले चाइना पछि नेपालमा पहिलो पटक हाई–टेक विकको आयोजना गरेको हो । स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्ने मौका यहाँबाट पाइने कम्पनीले बताएको छ ।
































प्रतिक्रिया