गाडी खरिद गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

गाडी खरिद गर्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । तपाई गाडी खरिद गर्ने सोचमा हुनुहन्छ भने आफ्नो परिचयपत्र पनि सँगै लैजान नभुल्नुहोला। । अब गाडी खरिद गर्दा समेत नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीहरुका लागि नयाँ परिपत्र जारी गर्दै विभिन्न व्यवस्थाहरु गरेको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने उद्देश्यले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्पष्ट पहिचानविना व्यापार गर्न रोक लगाएको छ।

‘ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा व्यावसायिक सम्बन्ध स्थापिन गर्न सकिनेछ’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले सम्पुष्टि गर्न सक्नेछ।’

गाडी बिक्री गर्दा हायरपर्चेज कम्पनीले पदमा बहाल रहेको उच्चपदस्थ व्यक्ति, उच्च पदमा नरहेको व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्चपदस्थ व्यक्ति, अन्य विदेशी उच्चपदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति छुट्याउनुपर्नेछ।

Logo