देशको राजधानी रहेको काठमाडौं शुक्रबार फरक मौसममा रुमलिरहेको छ । देशभर मौसम परिवर्तन भैरहँदा राजधानी पनि अछुतो रहेन । राजधानीमा शुक्रबार हुस्सु र तुवाँलोले ढाकेको छ । विहानै देखि घाम नलागेको कारण चिसो र ठण्डा महसुस भइरहेको छ ।
केहि दिनदेखि काठमाडौंको मौसम धुम्म रहेको छ । पानी नपर्दा काठमाडौंको मौसम खुल्न सकेको छैन । लामो समय देखि हिउँदे याममा पानी पर्न सकेको थिएन । आज भने सिमसिम वर्षा भएको छ । पानी परेपश्चात काठमाडौंको मौसम सफा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले वर्षा हुने भनेपनि आंशिक रुपमा मात्र वर्षा भएको छ ।










































प्रतिक्रिया