ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ६ जना गम्भीर घाइते

ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ६ जना गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

गाईघाट । उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएका छन् ।

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमैै मृत्यु भएको र स्थानीय विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

स४३प २३७३ नं. को ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने क्रममा ट्याक्टरले उनैलाई समेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो ।

गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल रिफर गरिएको छ । रासस

Skip This
Skip This
Logo