काठमाडौँ
काठमाडौँ महानगरपालिकाले शनिवार २४ औं महानगर दिवस मनाउने भएको छ । २०५२ साल मङ्सिर २९ गते सरकारले काठमाडौंँ नगरलाई महानगरपालिका घोषणा गरेको स्मरण गर्दै महानगर दिवस मनाउने तयारी गरिएको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
महानगर दिवसको अवसरमा परम्मपरागत बाजा प्रदर्शनी गर्नुका साथै नगरपालिकाको पहिलो मेयर जनकमान श्रेष्ठलाई सम्मान, महानगरभित्रका उत्कृष्ट विद्यालयलाई सम्मान, महानगरपालिकाद्वारा प्रकाशन गरिएको सुशासन पत्रिका विमोचन, उत्कृष्ट करदाता सम्मान र कर्मचारी दीर्घ सेवा पदक प्रदान लगायतका कार्यक्रम गर्ने तयारी गरिएको प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
महानगर दिवसको अवसरमा नगरको सम्पूर्ण साँस्कृतिक धार्मिक, सामाजिक सम्पदाको उजागर गर्ने र मौलिक पहिचान प्रदर्शन गर्ने तयारी गरिएको छ । महानरपालिका दिवसकै अवसरमा मङ्सिर २९ देखि पुस २ गतेसम्म महानगर महोत्सवको रूपमा मनाइनेछ । महोत्सवमा वसन्तपुरमा साँस्कृतिक कार्यक्रम, वसन्पुर डबली, हनुमानढोका, टेगाल, किलागल, असन, लगन, ठहिटीमा स्थानीय खानाको फुडस्टलसहित प्रदर्शनी गरिने कार्यक्रममा जनाइएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया