काठमाडौँ शैक्षिक मेला २०८१’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

काठमाडौँ शैक्षिक मेला २०८१’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गरेको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृह परिसरमा मेला सञ्चालन भैरहेको छ ।

‘बुक फ्रि फ्राइडे’ कार्यक्रमले विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुती तथा प्रदर्शनीका लागि मेलाको आयोजना गरिएको हो । मेलाको औपचारिक कार्यक्रमको पहिलो सत्रमा विद्याथीहरुले विद्यालयमा सिकेका सिपलाई व्यवहारिक रुपमा प्रस्तुत गरेका थिए ।

विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुले महानगरले उपलब्ध गराएको सिलाई बुनाई, ब्युटिसियन, म्युजिक, डान्सिङ, स्काउट, ट्राफिक लाइट, पाक सिप जस्ता १० वटा सिप प्रस्तुत गरेका थिए । उनीहरुले विहान उठेदेखि दैनिकी के – के गरिन्छ त्यसलाई तालिमा प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा विद्यार्थीहरुले योगा र मेडिटेसन प्रस्तुत गरेका थिए ।

त्यसैगरी फेस्टमा ‘बहिरा विद्यालयका’ नसुन्ने र बोल्न नसक्ने विद्यार्थीले गरेको नृत्य सबैको केन्द्रमा रह्यो । विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा रहेको काठमाडौैं महानगरपालीकाको उममेयर सुनिता डंगोलले बताइन् ।

रानीदेवी सेकेन्डरी विद्यालयका प्राधानाध्यापक नारायण प्रसाद गौतमले भने ‘महानगरले बुक फ्रि फ्राइडे कार्यक्रम लागु गरेपछि विद्यार्थीमा जिवनोपयोगी शिक्षा आर्जन गरिरहेको अनुभुति भएको बताए ।’

मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गरेका थिए भने प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरूको रहेको छ । प्रदर्शनी तथा प्रस्तुतीमा विद्यार्थीहरूले नबिनतम सिकाई गतिविधि प्रदर्शन राखिएको छ । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्पत रुचि र नतिजा प्रदर्शन गरेका छन् ।

मेलामा अवलोकनकर्ताहरुलाई सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइएको थियो ।

विद्यार्थी नमुना संसद् अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बाबा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूती कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमुना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण रहेका छन् ।

कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नवीनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तरक्रिया आयोजना गरिनेछ ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् ।

Skip This
Skip This
Logo