ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसभित्रै चर्काचर्की, खनिजसम्बन्धी सम्झौता स्थगित

ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसभित्रै चर्काचर्की, खनिजसम्बन्धी सम्झौता स्थगित

केन्द्रबिन्दु
99
Shares

एजेन्सी । अमेरिका भ्रमणमा रहेका युक्रेनका राष्ट्रपतिले खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी ठूलो रकम युक्रेन भित्र्याउने तयारी भएको अनुमान भैरहेको थियो । तर अमेरिकाले सहजै त्यो पैसा दिन मानेन ।

दुवै समकक्षी राष्ट्रप्रमुखबीच भएको वार्ता विथोलिएको छ । वार्ता गर्न बसेका अमेरिकाका राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसभित्रै चर्काचर्की भएको हो । खनिजसम्बन्धी सम्झौता गर्नका लागि सुरु भएको वार्ता दुई देशका राष्ट्रपतिबीच भनाभन भएपछि रोकिएको छ ।

युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्की वार्तामा बसेका थिए । तर दुई राष्ट्रपतिबीच चर्काचर्की भएपछि ह्वाइट हाउसबाट जेलेन्स्की बाहिरिएका र वार्ता असफल भएको रोयटर्सले जनाएको छ ।

यसअघि अमेरिका र युक्रेनबीच सहमति भएको खनिजसँग सम्बन्धी सम्झौता गर्नका यस बैठकमा हस्ताक्षर गर्ने तयारी भएको थियो । तर युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको छन् ।

खनिज सम्झौता हुने निश्चित जस्तै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक सुरु हुनुअघि जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए । तर, बैठक सुरु भएपछि अवस्था तनावपूर्ण बनेको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चर्काचर्कीसँगै ट्रम्प अब यो सम्झौता अगाडि बढाउने पक्षमा छैनन् । वार्ताका क्रममा चर्काचर्की बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याइरहेको‘ आरोपसमेत लगाएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

Skip This
Skip This
Logo