पोखरा लेकसाइडस्थित जेब्राक्रसमै पार्किङ (भिडियो)

पोखरा लेकसाइडस्थित जेब्राक्रसमै पार्किङ (भिडियो)

केन्द्रबिन्दु
39
Shares

पोखरा । केही दिन यता पुर्व राजा ज्ञानेन्द्र शाह पोखरालाई आधार क्षेत्र बनाएर आफ्नो गतिबिधि गरिरहेका छन् ।  श्रीमतीसहित पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्रले सपरिवार पोखराका धार्मिकस्थलहरु भ्रमण गरिरहेका छन् ।

पूर्व राजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरु गरिरहेका बखत पोखरामा राजावादीहरुको गतिबिधि ह्वात्तै बढिरहेको छ।  संबैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा बिशाल प्रदर्शन गरेर शक्ति प्रदर्शन गरिरहेका छन् भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आज पोखरामा बिशाल सभा गर्दैछन। पछिल्लो समय नेपाली राजनीतिक नेताहरुलाई भेट नदिएको भारतले दुर्गा प्रसाईंलाई भेट दिएको छ।

आज पोखरामा हुने बिशाल सभामा आफुले भारतमा गरेको उच्चस्तरीय राजनीतिक भ्रमणका बारेमा आफुले जानकारी दिने प्रसाईंले सामाजिक संजाल फेसबुकबाट जानाकारी दिईसकेका छन्।  पछिल्लो समय नेपालमा राजा पुनस्र्थापित गराई छाड्ने कसम खाएका प्रसाईंले संबैधानिक राजतन्त्र र हिन्दु अधिराज्यका बारेमा आज कस्तो घोषणा गर्ने हुन? त्यो प्रतिक्षाको बिषय बनिरहेको छ ।

यसैबिच पूर्व राजा ज्ञानेन्द्र शाहले हाँकेको गाडी पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित जेब्रा क्रसमा पार्किङ्ग गरिएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल भैरहेको छ ।

https://www.facebook.com/watch?v=981866403484648

Skip This
Skip This
Logo