मुगु । हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।
बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ ।
यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिए । उनका अनुसार घुच्चीदेखि वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ ।
हिमपातले अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताए।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिए। आज दिउँसो २ बजे भित्र हिउँ पन्छाउने लक्ष्य राखेको उनको भनाइ छ । तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको उनले बताए ।
उनले भने, ‘‘व्यवसायी र यात्रुलाई धैर्यका साथ सुरक्षित बस्न आग्रह गर्छु ।’’





























प्रतिक्रिया