प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सर्वसम्मत सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । बिहीबार विहान बसेको परिषद बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएका थिए ।

चार पटकसम्मको बैठक स्थगितपछि जबराको नाम सिफारिस गरिएको हो। अब जबराको संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ। संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका जबराको कार्यकाल चार वर्षको हुनेछ। २०७९ मङ्सिर २७ गतेसम्म उनको कार्यकाल रहनेछ।

Skip This
Skip This
Logo