भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । उनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतlले स्वागत गरेका छन् ।
उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर आएका हुन् । उनले झण्डै ६ घण्टा जनकपुरमा बिताउने छन् ।उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यतालिका छ ।
त्यसपछि उनी जनकपुरको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा जानेछन् । त्यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिने दिवा भोजमा सरिक हुनेछन् ।
दिवा भोजपछि उनी २ः३० बजे जनकपुरको बाह्रविघामा रामजानकी स्वयंवरमा सहभागी हुन जानेछन् । उनी आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
आदित्यनाथको भ्रमणलाई मध्यनजर गर्दै जनकपुरधाममा विशेष सुरक्षा सतर्कता बढाइएको छ । सवारी आवागमनमा कडाइका साथै व्यवस्थित बनाउन ट्राफिक प्रहरीले रुट निर्धारण गरेको छ ।
धनुषामा ट्राफिक प्रहरीले भीभीआईपी रुट निर्धारण गरेको छ । धनुषा ट्राफिक प्रहरीका अनुसार जनकपुरधाम नगरभित्र मात्रै १४२ ट्राफिक प्रहरी खटाइएको छ ।































प्रतिक्रिया