मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि पुनम इन्टरटेनमेन्टमा बन्न लागेको चलचित्र ‘मारुनी’ को घोषणा गरिएको छ ।
यस चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङको मुख्य भूमिका रहने बताइएको छ । साथै सुनिशा क्षेत्री, अरुण राज, आयुष सिंह, शंखर सेढाई लगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।
नवल नेपाल निर्देशित चलचित्रलाई गोविन्द फुयाँलको लेखन रहेको छ । यो चलचित्रबाट फिल्मी क्षेत्रमा रेविकाले डेब्यु गर्दैछिन् । प्रेम कथामा आधारित चलचित्र मारुनीको छायांकन माघको दोस्रो साताबाट हुने बताइएको छ ।





























प्रतिक्रिया