देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
कम्युनिष्टहरु संसदीय व्यवस्थामा आउनु नै कांग्रेसको जित (प्रतिवेदनको पूर्णपाठ)
प्रधानमन्त्री ओली अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । यस अघि चार दिनको उपचारपछि डिस्चार्ज भएका ओली ३९ दिनपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच लागि पुगेका हुन्।
निर्माण व्यवसायी महासङ्घको लगातार तेश्रो विज्ञप्ति
नेपाल निर्माण व्यवसायी महासङ्घले तेश्रो बिज्ञप्ति जारी गरेको छ। यसअघि सरकारबिरुद्ध बिज्ञप्ति जारी गरेको महासंघले यस पटक भने सरकारसंग ‘समन्वयात्मक’ बिज्ञप्ति जारी गरेको हो।
अर्थ र कृषि समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित
मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ । अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साँढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । साँढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । सांसदहरुको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
जोशी हाइड्रोपावरको आइपीओ सबैले पाए, कसले कति ?
जोशी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ मंगलबार बाँडफाँड भएको छ । सिद्धार्थ क्यापिटलले आज पत्रकार सम्मेलन गर्दै आइपीओको नतिजा सार्वजनिक गरेको हो।
ईपीएल: सुपर ओभरमा चुक्दा पोखराको शिर्ष चार यात्रा कठिन
एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोज लगातार तेस्रो पटक पराजित भएको छ । पोखरा विराटनगरसँग सुपर ओभरमा ७ रनले पराजित भएको हो ।
ईपीएल: भैरहवाको लगातार दोस्रो जित, चितवनको लगातार तेस्रो हार
एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा आज भएको दोश्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको हो । चितवनको यो लगातार तेस्रो हार हो ।
तीन वटा गिनिज वर्ल्ड रेकर्ड राख्ने नेपाली
गिनिज वर्ल्ड रेकर्ड राख्नु चानचुने कुरा पक्कै होइन। अझ ३ वटा विषयमा रेकर्ड राख्नु भनेको सपना जस्तै हो। त्यही सपनालाई बिपनामा परिणत गरिदिएका छन् कराते खेलाडी उज्वल ठकुरीले । कडा मिहिनेत, उच्च मनोबल र उत्तिकै जोखिम मोलेर मात्रै ३ वटा गिनिज वर्ल्ड रेकर्ड सम्भव भएको हो । काठमाडौँमा जन्मिएका ठकुरी हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्छन।
इटहरीको एक उधोगमा भिषण आगलागी
संवैधानिक परिषदको बैठक फेरि सर्यो
आदिवासी जनजातिद्धारा आन्दोलनको कार्यक्रम घोषणा
सुनको भाउ एकैदिन ६ सय रुपैयाले बढ्यो
शेयर बजार आज पुनः ओरालो
सत्तारूढ कांग्रेस आईको लज्जास्पद पराजय
के निर्मला पन्तले न्याय पाउँलिन् ? (भिडियोसहित)
नेपालीलाई लक्षित गर्दै अष्ट्रेलियामा कलेज संचालन (भिडियोसहित)
मृत्यु भएका वैज्ञानिकको दिमाग पछि प्रयोग गर्ने भन्दै फ्रिजमा राखियो
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया