एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुर क्रिकेट मैदानमा आज भएको दोश्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको हो । चितवनको यो लगातार तेस्रो हार हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १९ ओभर तीन बलमा एक सय ४३ बनाएको थियो । भैरहवाका लागि प्रदिप ऐरीले २६ तथा कुशल मल्लले ३ रन बनाए । रवीन्दर सिंह २५ रनमा आउट भए । त्यसको लगत्तै कप्तान शरद भेषवाकर पनि एक रनमा रनआउट भए। आरिफ शेख र रायन टेन डोच्टेले ३३ रनको साझेदारी गरे ।
जवाफमा चितवनले २० ओभरमा ९ विकेट गुमाउदै एक सय ३१ रन बनायाे ।































प्रतिक्रिया