६६ लाख रुपैयाँमा २ किलो सुन !

६६ लाख रुपैयाँमा २ किलो सुन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं बौद्ध स्तुप नजिकै २ जना व्यक्ति सुनको मोलमोलाई गरिरहेका थिए।  उनीहरु आफुसंग २ किलो सुन भएको र ६६ लाख रुपैया दिए सुन बेच्ने बताईरहेका थिए।

सुन सक्कली नै भएको उनीहरुको दाबी थियो।  यसै क्रममा सुनको मोलमोलाई भैरहेका ठाउमा प्रहरी पुग्यो।  प्रहरीले खोजतलास गर्दा सुन नक्कली भएको पुष्टि भयो।

यसरी नक्कली सुनलाई सक्कली भनेर भनेर बेच्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने सिन्धुपाल्चोक वलेफी घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेका छन् ।

उनीहरुको बारेमा थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Skip This
Skip This
Logo